एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्ट कारबाहीमा 

नेपालभ्युज

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्ट कारबाहीमा 

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य भन्दा बढीमा पानीको बोतल बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले उक्त रेष्टुरेन्टलाई जरिवाना तिराएको हो ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved