वीरगन्जमा राजधानीको मागसहित आन्दोलन चर्काउने तयारी

नेपालभ्युज

वीरगन्जमा राजधानीको मागसहित आन्दोलन चर्काउने तयारी

जनकपुरधाम । मधेश प्रदेशको नाम र राजधानी फेर्नुपर्ने मागसहित आन्दोलन गर्ने तयारी वीरगन्जका नेताहरूले गरेका छन्।
प्रदेशसभाको निर्णयको विरोध गर्दै आन्दोलनलाई निरन्तरता दिन वीरगन्जमा बुधबार सर्वपक्षीय भेला आयोजना भएको हो। पन्नालाल गुप्ताको अध्यक्षतामा भएको भेलाले प्रदेशको नाम ”भोजपुरीया प्रदेश” र राजधानी वीरगन्ज बनाउने उद्घोष गरेको छ।

भेलामा पर्साबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद्हरू प्रहलाद गिरी, शंकर चौधरी,राजेश्वर साह तेली, भिमा यादव, राघीनी वरनवाल, रमेश कुर्मी, जन्नअन्सारी, मन्जुर अन्सारी, पारस साह तेली करिमा बेगम लगायतको सहभागिता रहेको थियो।

भेलाले वीरगन्जलाई राजधानी बनाउनका लागि संचालन गरिने लोकातान्त्रिक विद्रोहको संयोजन गर्ने जिम्मा नेपाल बार एशोसिएशन पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ता तथा वर्तमान अध्यक्ष ओमप्रकाश गुप्तालाई दिएको छ।

आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै जाने भेलाले गरेपनि आन्दोलनका कार्यक्रम घोषणा गरिएको छैन।

बैठकमा नेकपा एमालेका नेताहरु सुन्दर कुर्मी, शम्भू गुप्ता, नेपाली कांग्रेसका पर्सा अध्यक्ष अजय कुमार द्विवेदी, नगर सभापति भोला कलवार, बिजय सर्राफ,बीरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका मुस्तकिम अन्सारी, मुकेश द्विवेदी,महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, शशी पाण्डे, फणिन्द्र चौहान,जनता समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव,नेकपा एकिकृत समाजवादीका शंकर कुमार कर्ण लगायतका नेताहरुको सहभागिता रहेको थियो।

गत सोमबार प्रदेशको नामकरण ‘मधेस प्रदेश’ र राजधानी जनकपुर राख्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved