हिजबुल्लाहद्वारा इजरायलको बन्दरगाह शहर हाइफामा रकेट आक्रमण, १० जना घाइते

नेपालभ्युज

हिजबुल्लाहद्वारा इजरायलको बन्दरगाह शहर हाइफामा रकेट आक्रमण, १० जना घाइते

काठमाडौं । हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको छ । यो पहिलो पटक इजरायली बन्दरगाह शहर हाइफामा क्षति पुर्‍याउनेगरी आक्रमण भएको हो।

इजरायली मिडियाका अनुसार हाइफामा कम्तीमा १० जना घाइते भएका छन्। इजरायली सेनाले लेबनानी राजधानीमा आक्रमण जारी राख्दा दक्षिणी बेरुतमा अर्को रात ठूला विस्फोटहरू भएका छन्। गत २४ घण्टामा इजरायली आक्रमणमा दर्जनौं लेबनानी मारिएका र घाइते भएका छन्।

इजरायली सेनाले गाजाको उत्तरी जबालिया शरणार्थी शिविरबाट नागरिकहरूलाई तत्काल भाग्न आदेश दिएपछि र भारी बमबारी सुरु गरेपछि मारिएका १७ जनामध्ये कम्तीमा ९ जना प्यालेस्टाइनी बालबालिका थिए।

गाजामा, अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छभने ९७ हजार १६६ जना घाइते भएका छन्। इजरायलमा, अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved