काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् ।
भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार गएका पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।
भेटवार्ताअघि भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए । त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।
भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए ।
उनी आज बिहान स्वदेश फर्किएका छन् । त्यहाँ रहँदा ज्ञानेन्द्रले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई समेत सम्बोधन गरेका थिए ।
पूर्वराजा शाहको भ्रमण टोलीमा उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू पनि सामेल थिए ।
पूर्वराजाको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधाकारिक रुपमा केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्वबारे नेपालमा अनेक अड्कलबाजी हुन थालेका छन् ।
Facebook Comment
Comment