बाढीपहिरो प्रभावितलाई नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

नेपालभ्युज

बाढीपहिरो प्रभावितलाई नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरुप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ।

एक कार्यक्रमकाबीच कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उप प्रमुख कार्यकारी अधिकृत तथा मुख्य वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख मुख्य परिचालन अधिकृत यदवेन्द्र कान्त एवं विकास आनन्द, मुख्य व्यवसाय विकास अधिकृत रितेश अर्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved