खोलाले बगाएर दुई बालबालिका बेपत्ता

नेपालभ्युज

खोलाले बगाएर दुई बालबालिका बेपत्ता
फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।

शुक्रबार मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved