सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले लागेर महिलाको मृत्यु

नेपालभ्युज

सुर्खेत । घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

दशैंको लागि घर पोत्न नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved