दशैंमा घर पोत्न कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

नेपालभ्युज

दशैंमा घर पोत्न कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं । हुम्लामा दशैंमा घर पोत्नका लागि सेतो कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका-३ का २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्ल छन् । घटना बुधबार बिहान ८ बजेतिरको हो ।

उनीहरु सोही वडाको औलस्थित सियाणी खोलामा घर पोत्नका लागि चाहिने सेतो कमेरो खन्न गएका थिए । ठूलो ओडारभित्र खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरूसँगै गएका २६ वर्षीय लालबहादुर शाही भने घाइते भएका छन् ।

अहिले शव पालिकामा राखिएको छ । पोस्टमार्टमका लागि सिमकोटबाट चिकित्सकको टोली ताँजाकोटतर्फ लागेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved