कर्णाली सरकारले बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

नेपालभ्युज

कर्णाली सरकारले बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

सुर्खेत । कर्णाली सरकारले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, प्रदेश सभाको चालु अधिवेशन २०८१ असोज १५ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved