बाढीपीडित क्षेत्रमा प्रचण्ड, आवश्यक पहल लिने प्रतिबद्धता

नेपालभ्युज

बाढीपीडित क्षेत्रमा प्रचण्ड, आवश्यक पहल लिने प्रतिबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपीडित क्षेत्रमा निस्केका छन् ।

लगातारको वर्षाका कारण आएको बाढी क्षेत्रमा मङ्गलबार दिउँसो निस्केका प्रचण्डले पीडितसँग अन्तर्क्रियासमेत गरेका छन् ।

प्रचण्ड मङ्गलबार दिउँसो ३ बजे कीर्तिपुरस्थित बल्खुको बाढी क्षेत्र पुगेका थिए । त्यहाँ पीडितहरूसँग अन्तर्क्रिया गरेका उनले आवश्यक पहल लिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

पीडितहरूले उनलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । पत्र बुझ्दै प्रचण्डले भने, “आवश्यक पहल मैले पनि लिने नै छु ।”

बल्खुपछि उनी भक्तपुरको हनुमन्तेतिर लाग्ने उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले पार्टीका सबै तहलाई नागरिकका उद्धार तथा राहत वितरणमा खटिन निर्देशित गरिसकेको छ । यहीबीच प्रचण्ड पनि अवलोकनमा निस्केका हुन् ।

गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो धनजनको क्षति भएको छ ।

अहिलेसम्म २०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने सयौं बेपत्ता छन् । सरकारले उद्धार तथा खोजीसँगै राहत वितरणलाई तीव्रता दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved