बाढीले भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

नेपालभ्युज

बाढीले भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढीको क्षति भएको बताएका छन् ।

अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्कि पुलदेखि सडक, झोलुङ्गे पुल बगाएको र ठुलो क्षति भएको बताएका हुन् ।

उनले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात संचालन गर्ने सरकारको मुख्य प्राथमिकता रहेको बताए । चाडबाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए ।

उनले चाडबाडमा हवाई भाडा निकै महँगो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved