चणिकलाल भन्छन्- बढ्दै गरेको नख्खु बाढीमा पसेँ र दुईजना बचाएँ, एकजना बचाउन सकिनँ

नेपालभ्युज

चणिकलाल भन्छन्- बढ्दै गरेको नख्खु बाढीमा पसेँ र दुईजना बचाएँ, एकजना बचाउन सकिनँ

काठमाडौं । शनिबारको नख्खु बाढीमा दुईजना बचाएका चणिकलाल तामाङले मान्छे बचाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवास नै बोलाएर सम्मान गरेका थिए । त्यस क्रममा तामाङले यस्तो बताएका हुन् । उनले भने, “मान्छे बचाउँदा खुसी लागेको छ ।”

अगाडि उनले भने, “खोला त बढ्दै थियो । खोलामा नानी चेपेको, बग्दै गरेको एकजना मान्छेले इशारा गर्‍यो । यसपछि म पसेँ र दुबैलाई बचाएँ । तीनजना बगेका रहेछन्, एकजनालाई बचाउन सकिनँ, दु:ख लाग्यो । ती मान्छे त बगेछन् ।”

प्रचण्डले तामाङले धेरै राम्रो काम गरेको बताए । “तपाईंले धेरै राम्रो काम गर्नुभयो, आज देशमा तपाईंको मात्रै चर्चा छ,” प्रचण्डले खादा लगाइदिँदै भने ।

बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको निरन्तरको वर्षाका कारण अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

  • सम्बन्धित समाचार

प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved