खुर्कोट बजार क्षेत्रमा सुनकोशीको बहाव पस्यो, मानिस र बन्दोवस्तीका सामान सारिँदै

नेपालभ्युज

खुर्कोट बजार क्षेत्रमा सुनकोशीको बहाव पस्यो, मानिस र बन्दोवस्तीका सामान सारिँदै

काठमाडौं । सिन्धुलीको खुर्कोट बजारमा सुनकोशीको बहाव पसेको छ । लगातारको वर्षापछि बढेको सुनकोशीको बहाव बजार क्षेत्र पस्दा स्थानीय त्रसित बनेका छन् ।

यसैबीच सशस्त्र प्रहरीको बेसमा बाढी पसेको छ । यसपछि त्यहाँबाट हतियार र बन्दोवस्तीका सामान सारिएको छ । सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार क्याम्पबाट हतियारलगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको हो ।

यस्तै गोलान्जोर गाउँपालिका ७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको पनि एसपी काफ्लेले जानकारी दिए ।

“उनीहरूलाई सुरक्षित स्थानतिर सार्ने काम भइरहेको छ,” उनले भने, “मानिस र सामानहरू सार्ने काम भइरहेको हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved