३६ घण्टायता परेको पानी अझै नरोकिने, ६ प्रदेशमा भारी वर्षा

नेपालभ्युज

३६ घण्टायता परेको पानी अझै नरोकिने, ६ प्रदेशमा भारी वर्षा

काठमाडौं । ३६ घण्टायता लगातार परिरहेको पानी अझै रोकिएको छैन । शनिबार पनि यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ भने अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरूमा दिउँसो अति भारी वर्षा समेत हुने महाशाखाको पूर्वानुमान छ ।

देशको तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना छ । शनिबार राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ ।

मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा राति पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरी आउने महाशाखाको पूर्वानुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved