शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री

नेपालभ्युज

शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं । जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् ।

शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वका लागि चुनिएका हुन् ।

रोयटर्सका अनुसार वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । किनभने संसद्‌को तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण छ ।

जापानको लोकतान्त्रिक प्रणालीमा संसद्‌को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved