आईसीसी क्रिकेट विश्वकप लिग–२, नेपालको लगातार तेस्रो हार

नेपालभ्युज

आईसीसी क्रिकेट विश्वकप लिग–२, नेपालको लगातार तेस्रो हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत आइतबार राति भएको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो ।

आइतबारको खेलमा नेपालले आयोजक क्यानडासँग ५ विकेटले हारेको हो । नेपालेले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा भेट्टायो ।

क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ८७ रन जोडे । त्यस क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै परगत सिंहले ६४ रन बनाउँदै नेपाललाई हराउन मद्दत गरे ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा करन केसी, ललित राजवंशी र गुल्सन झाले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालेले ४६.१ ओभरमा सबै विकेट गुमाएर मात्र १८१ रन जोडेको थियो । खेलमा नेपालको सुरुआत राम्रो थिएन ।

पाँचौ ओभरसम्म आसिफ शेख मात्र २ रन बनाएर आउट भएका थिए भने सातौं ओभरमा आएका भीम सार्कीले पनि ४ रनभन्दा बढी बनाउन सकेनन् ।

त्यसैगरी कप्तान रोहित पौडेल रन आउट भएका थिए । अनिल साह मात्र १ रन बनाएर आउट भए । आरिफ शेख र गुल्सन झाले नेपालको पारी सम्हाल्न प्रयास गरे पनि शेखले १० रन र झाले ३४ रन मात्र जोड्न सके ।

त्यसपछि सोमपाल कामी र सन्दीप लामिछानले अर्धसतकीय साझेदारी गरे । लामिछाने अर्धसतक बनाउन १ रनले चुके । सबैभन्दा अन्तिममा आएका करण केसीले २४ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved