रवि लामिछाने आज पक्राउ नपर्ने

नेपालभ्युज

रवि लामिछाने आज पक्राउ नपर्ने
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार रविलाई चाँडै पक्राउ गर्ने तयारी भए पनि आज नै भने नियन्त्रणमा लिइने छैन ।

उनलाई  जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने बताइएको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई भने जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो ।

रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने प्रहरी स्रोतले बताएको छ ।

यसअघि रविलाई आजै पक्राउ गर्ने तयारी भएको भन्दै रास्वपा केन्द्रीय कार्यालयमा भीड लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved