आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच फाइनान्सिङका लागि साझेदारी

नेपालभ्युज

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच फाइनान्सिङका लागि साझेदारी

काठमाडौं । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै, ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो ।

यस समझदारी मार्फत दुवै कम्पनीहरूको ग्राहक–केन्द्रित समाधान र अटो मोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।

सम्झौताका प्रमुख बुँदाहरू :

सत्तरी प्रतिशतसम्मको फाइनान्सिग : ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको कुल मूल्यको सत्तरी प्रतिशत सम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् ।

सहज प्रक्रिया : यो साझेदारीले दुवै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासँगै सुलभ र प्रभावकारी फाइनान्सिग सुविधा उपलब्ध हुनेछ ।

पहुँच वृद्धि : यस समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र अटो मोबाइल क्षेत्रको विकासलाई थप प्रवर्द्धन गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved