मोरक्कोमा डुंगा दुर्घटना, कम्तिमा ४३ को मृत्यु

नेपालभ्युज

मोरक्कोमा डुंगा दुर्घटना, कम्तिमा ४३ को मृत्यु
फाइल फोटो

एजेन्सी। दक्षिण मोरक्कोको तारफाया शहरको समुद्री तटमा एउटा डुंगा पल्टिन्दा कम्तिमा ४३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तीनजना शिशु पनि छन्।

डुंगा पल्टेको जानकारी पाएपछि त्यहाँ पुगेको उद्धार दलले १० जनाको ज्यान बचाएको छ। अहिले उद्धार कार्य जारी छ। सुन्दर जीवनको आशमा अफ्रिकी देशहरूबाट मानिसहरू समुद्रको बाटो हुँदै यूरोप जाने गर्छन्। उत्तर अफ्रीकी देश मोरक्को भएर त्यस्ता प्रवासी श्रमिक यूरोपको तटहरूतिर जाने गरेका छन्।

समुद्र तटमा पल्टेको डुंगामा सवार प्रवासी पनि स्पेनको केनेरी द्वीप गईरहेका थिए। यो द्वीप दक्षिण मोरक्कोको समुद्र तटीय शहर तारफायादेखि १०० किमी टाढा छ। दुर्घटनाका शिकार भएका मानिसहरूले उद्धारको गुहार लगाएपछि मोरक्को सरकारको तर्फबाट उद्धार र राहत दल पठाइएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मोरक्को सरकारका अधिकारीहरूलाई डुंगाको पत्तो लगाउन र राहत कार्य शुरू गर्न नै केही घण्टा लाग्यो। तर, पनि डुंगाको अवशेषबाट १० जनालाई बचाइयो। अहिलेसम्म ४३ जना मरेको पुष्टि भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved