मियामीले फिलाडेल्फिया युनियनलाई हरायो, मेसीको २ गोल

आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

नेपालभ्युज

मियामीले फिलाडेल्फिया युनियनलाई हरायो, मेसीको २ गोल

काठमाडौं। एमएलएस फुटबलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई पराजित गरेको छ।

आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। मेसीको पुनरागमन खेलमा मियामीले २ गोल गरे।

अर्जेन्टिनाका स्टार विंगर मेसीलाई गत जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले हराउँदा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मियामीको टोलीमा परेका थिएनन्।

खेलको दुई मिनेटमै युनियनका फरवार्ड मिकाएल उहरेले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध पारेका थिए।

तर, २६औं मिनेटमा मेसीले पहिलो गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ३०औं मिनेटपछि मेसीले मियामीको लागि दोस्रो गोल गरे।

लुइस सुआरेजले दोस्रो हाफको इन्जुरी समयमा मेसीको मियामीका लागि तेस्रो गोल गरे।

मेसी ‘आइकन अफ द म्याच’ पनि घोषित भए ।

तस्वीर स्रोत : इन्टर मियामी/फेसबुक ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved