सुरु भयो संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र

नेपालभ्युज

सुरु भयो संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र सुरु भएको छ । यो शत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको हो ।

७८औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा औपचारिक रुपमा सुरु भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

उनले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्ने बताए । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । यसक्रममा उलने देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved