कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान

नेपालभ्युज

कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान

काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ ।

आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र पुरुषतर्फ नेपालको लागि चुनौती प्रस्तुत गरेका भरत सिंह महतरालाई ५० हजार रुपैयाँ पनि दिइएको छ ।

सभापति देउवाले ऐतिहासिक सफलता दिलाएकोमा पलेशालाई बधाई दिए । खेलकुद क्षेत्रको विकासका लागि कांग्रेस सदैव लागि रहने उनले बताए ।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved