प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

नेपालभ्युज

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते सम्म न्युयोर्कमा हुँदै छ ।

प्रवक्ता गुरुङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण लगानी गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, बैठकले विम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरको तेश्रो बैठक चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भाद्र ३१ मा काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सीलको सातौ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरि वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै, बैठकले दुरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

र, बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved