बैतडी : पुस २६ गते परेको चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा पुर्याएपछि खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति पुगेकाे छ। जसकारण, यहाँका बासिन्दा सम्पर्कविहीन अवस्थामा छन्।
नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ। एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको नेकपा (एमाले) दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले बताए।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए। खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए। उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको बताए।
Facebook Comment
Comment