यस्ता छन् आज बस्ने संसदीय समिति बैठकका कार्यसूचीहरु

नेपालभ्युज

यस्ता छन् आज बस्ने संसदीय समिति बैठकका कार्यसूचीहरु

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

त्यस्तै ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved