पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा

नेपालभ्युज

पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । पारालिम्पिक्स  पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाउने पुरस्कारवापतको  ६५ लाख रुपैयाँमा कर छुट हुने भएको छ ।

बुधबार साँझ पलेशासँग भएको भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् ।

बुधबार स्वदेश फर्किएकी पलेशाले साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

उनले फ्रान्सको पेरिसमा गत शनिबार  पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेकी थिइन् ।

 

 


Comment

One thought on “पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved