सामान्य अंकले बढ्यो सेयर बजार

नेपालभ्युज

सामान्य अंकले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ को विन्दुमा पुगेको छ ।

आज ३२८ कम्पनीको १ लाख ४४ हजार १ सय ९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ रहेको छ ।

१०६ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आठ वटा उपसमूह घटेर बन्द हुँदा ५ वटा बढेको छ ।
मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved