देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

नेपालभ्युज

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको पुष्टि भएको छ ।

अगस्ट ३० सम्ममा ६ हजार ३४७ जनामा संक्रमण भएको छ । ७७ मध्ये ७५ जिल्लामा डेंगु फैलिएको सरकारी तथ्याङ्कले देखाउँछ । सबैभन्दा प्रभावित तनहुँ, कास्की, पर्वत, चितवन, र काठमाडौंमा पाँच सयभन्दा बढी सङ्क्रमित छन् ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो, जसले दिनको समयमा विशेषगरी आक्रमण गर्दछ । यो लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ, जसले गर्दा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्छ ।

डेंगुबाट बच्न चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको सुझाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved