कांग्रेसको कानून विभागमा १० सदस्य मनोनीत

नेपालभ्युज

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनीत

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् ।

उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् ।

विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved