हुम्लाको कवाडी खोला थुनियो

नेपालभ्युज

हुम्लाको कवाडी खोला थुनियो
फाइल फोटो

सुर्खेत । हुम्लामा कवाडी खोला थुनिएको छ । बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर थुनिएको आंशका गरिएको छ ।

शुक्रबार बिहान साढे १० बजेको समयदेखि कवाडी खोलामा पानी नआएकाे हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।

‘केही घण्टा अघिदेखि कवाडी खोला सुकेको छ,’ उनले भने, ‘खोलाको मुहानतिर पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी त्यसतर्फ गइसकेको छ । हामीले खोला तटिय क्षेत्रका नागरिकलाई सचेत रहन भनिसकेका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved