इजरायली आक्रमणमा परि वेस्ट बैंकको मस्जिदमा लुकेका ५ हतियारधारीको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणमा परि वेस्ट बैंकको मस्जिदमा लुकेका ५ हतियारधारीको मृत्यु

काठमाडौं। इजरायली सैन्य आक्रमणमा वेस्ट बैंकको एक मस्जिदमा लुकिरहेका ५ हतियारधारी मारिएका छन् ।

वेस्ट बैंकस्थित तुलकर्ममा चलाएको सैन्य आक्रमणको दोस्रो दिन ५ हतियारधारी मारिएको इजरायली सुरक्षा बल आईडिएफले दाबी गरेको छ । आईडिएफले मृत्यु हुने सबै आतंकवादी भएको दाबी गरेको छ ।

इजरायली सेनाले गर्‍यो एकैपटक प्यालेस्टाइनका ४ शहरमा आक्रमण

मारिएका ५ मध्ये एक मृतक नुर शाम्स्स्थित एक स्थानीय आतंकवाद संस्थाका प्रमुख मोहम्मद जब्बर रहेको आईडिएफको दाबी छ । भिडन्तमा एक इजरायली सैनिक घाइते भएको बताइएको छ ।

यस्तै, जेनिनमा मारिएका एक जनाको शव भने स्थानीय अस्पतालमा लागिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved