बाढीले कालीकोट र दैलेख जोड्ने पक्की पुल बगायो

नेपालभ्युज

बाढीले कालीकोट र दैलेख जोड्ने पक्की पुल बगायो

सुर्खेत । कर्णाली राजमार्गको अन्तर्गत कालीकोट र दैलेख जोड्ने दैखोलाको पक्की पुल बाढीले बगाएको छ । बुधबार राती आएको बाढीले पुल बगाएको हो ।

बाढीसँगै आएको पहिरोले पुल बगाएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट खाँडाचक्र नगरपालिका–१ का अनन्त बरालले जानकारी दिए ।

‘पक्की पुल पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने, ‘पुल बाढीपहिरोले बगाएका कारणले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।’

बुधबार बेलुकीदेखिको वर्षाले कर्णाली राजमार्गको गगने खोला, एस मोड, जितेगडा, सेरिघाटलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र दैखोलाको पक्की पुल भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

त्यस्तै, कर्णाली करिडोरको फुगाड जलविद्युत् आयोजनाको सुरुङ खनेको रेंगिल भिरनजिकै माथिबाट खसेको लेदोसहित पहिरो खसेको कर्णाली करिडोर पनि अवरुद्ध रहेको सूचना अधिकारी केसीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved