प्रकाश तामाङलाई कोशी प्रदेश सरकारको सहयोग घोषणा

नेपालभ्युज

प्रकाश तामाङलाई कोशी प्रदेश सरकारको सहयोग घोषणा

विराटनगर । भोजपुरका प्रकाश तामाङ, जो ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग पुनः सम्पर्कमा आएका थिए, उनलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको उल्लेख गर्दै, तामाङलाई सरकारबाट सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले तामाङलाई कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारको सहयोग उपलब्ध गराउने बताए । साथै, संघीय सरकारले नागरिकता प्राप्तिका लागि पहल गरिरहेको र नागरिकता प्राप्त भएपश्चात् उनलाई थप सहयोग प्रदान गरिने पनि उनले जनाएका छन् ।

‘यदि शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो,’ मुख्यमन्त्री कार्कीले भने, ‘तर त्यो नभएपछि उहाँको सीपलाई उपयोग गर्दै कृषि वा पशुपालनमा सहयोग गर्ने तयारी गरेका छौं।’

पत्रकार विद्या चापागाईंले गोर्खाको चुमभ्यालीमा भेटेपछि प्रकाश तामाङलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएकी थिइन् ।

जब ‘काले’ हराएको ३४ वर्षपछि घर फर्किए, आमाबुवालाई नै चिनेनन् !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved