सेयर बजारमा झिनो सुधार, कारोबार रकम खुम्चिँदै 

नेपालभ्युज

सेयर बजारमा झिनो सुधार, कारोबार रकम खुम्चिँदै 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आज ३२६ कम्पनीका १ लाख ६८ हजार १ सय ७५ पटकको कारोबारमा ३ करोड ५० लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । ६ वटा उपसमूह घट्दा ७ वटा बढेको छ । लिबेर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरमा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा चन्द्रागिरि हिल्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved