महामन्त्रीद्वयको प्रतिवेदन विवादले सर्‍यो कांग्रेस बैठक

नेपालभ्युज

महामन्त्रीद्वयको प्रतिवेदन विवादले सर्‍यो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि बैठक सारिएको हो ।

भोलि बस्ने भनिएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न मंगलबार सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए ।

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved