एकीकृत समाजवादीको उपमहासचिव र सचिवमा उम्मेदवारीको लर्को (अन्तिम नामावली)

नेपालभ्युज

एकीकृत समाजवादीको उपमहासचिव र सचिवमा उम्मेदवारीको लर्को (अन्तिम नामावली)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

जसअनुसार महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

त्यसैगरी मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत १९ जनाको उम्मेदवारी परेको छ ।

सचिव पदमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved