कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

नेपालभ्युज

कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।

बस दिउँसो२:३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

घाइते केही सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको छन् भने बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको छ ।

अन्य केहीको स्थानीय अस्पतालहरूमा उपचार जारी छ । अवस्था भने सबैको सामान्य रहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved