काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा सशक्तीकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताएका छन् ।
युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले राजधानीमा आयोजित ‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ मा उनले भने ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा सशक्तीकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, सरकारका अहिलेका सबै प्रयास त्यसका लागि हो ।’
फोनेक्श कलेज अफ म्यानेजमेन्ट युनिभर्सल कलेजद्वारा आयोजित काठमाडौँ यूथ कन्क्लेभमा उनले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने भन्दै युवा नै देशका सम्पूर्ण शक्ति भएको प्रस्ट पारे ।
कन्क्लेभमा नृत्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै सुशान्त खत्रीलाई एक लाख रुपियाँको ‘यूथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।

कार्यक्रममा फोनेक्स कलेजका प्रिन्सिपल प्रा।डा।पत्त बहादुर केसी, फोनेक्स कलेजका अध्यक्ष भरत गिरी, युनिभर्सल कलेजका प्रिन्सिपल डा।शिवदत्त ज्ञवाली, नेपाली चलचित्रका महानायक राजेश हमाललगायतले युवाको जिम्मेवारी, भविष्य र भूमिकाका विषयमा आफ्नो भनाई राखेका थिए ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा शनिबार भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा पाँच हजार बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Facebook Comment
Comment