एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

नेपालभ्युज

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग
फाइल फोटो

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकै  सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ ।

शनिबार अपराह्न खसेको सुख्खा पहिरोबाट  पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।

चार वटा हेभी मेसिनले पहिरो पन्छाएपछि  सडक एकतर्फी सञ्चालन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार ढुंगासहितको पहिरो ठूलो भएकाले दोहोरो सवारी साधन सञ्चालनमा आउन अझै केही समय लाग्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved