नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री

नेपालभ्युज

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताएका हुन् ।

“हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।”

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीलगायत सहभागी थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved