लामिछानेको टिप्पणी : कांग्रेस-एमाले सरकार ‘अन्तिम भोज’ जस्तै हुनेछ

नेपालभ्युज

लामिछानेको टिप्पणी : कांग्रेस-एमाले सरकार ‘अन्तिम भोज’ जस्तै हुनेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार ‘अन्तिम भोज’ जस्तै हुने दाबी गरेका छन् ।

चितवनको राप्ती नगरपालिकाको डडुवामा शनिबार आयोजित पार्टी कार्यक्रममा बोल्दै लामिछानेले दुई ठूला दल मिलेर सरकार बनाउनुको औचित्य पुष्टी गर्नुपर्ने बताए ।

उनले भने, ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन । तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अवसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ ।’

साथै, भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved