सहकारी छानबिन समितिले रवि लामिछानेसँग लियो बयान

नेपालभ्युज

सहकारी छानबिन समितिले रवि लामिछानेसँग लियो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा जारी समितिको बैठकले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसँग बयान लिएको हो ।

बयानका क्रममा लामिछानेले रकम दुरुपयोगमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टिकरण दिएका थिए ।

पत्रकारिता पेशामा रहँदा लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।

पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved