काठमाडौं । हरेक वर्ष बागमती नदीमा मनाइने महाजलयात्रा अन्तर्गत शुक्रबार विद्यालयस्तरीय डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
बागमती नदी उत्सव २०२४ अन्तर्गत भएको यस कार्यक्रमा विभिन्न विद्यालयका ५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौंको सुन्दरीजलस्थित बागमती नदी किनारमा अर्थ समितिका सभापति सन्तोष चालिसेले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नेपाल नदी संरक्षण ट्रस्टको आयोजना र बोर्डरल्यान्ड्स इभेन्ट्सको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतियोगितामा सहभागीहरूले सुन्दरीजलदेखि गोकर्णेश्वर उत्तरबाहिनीसम्म डुंगा चलाएका थिए । प्रतियोगितामा प्रत्येक विद्यालयबाट ६ जना विद्यार्थी र १ टिम लिडर रहेका छन् ।
बागमती नदीमा भएको यो महाजल यात्राले विद्यार्थीहरूलाई जलयात्रा र नदी संरक्षणको महत्त्वबारे सचेत गराउने उद्देश्य राखिएको छ ।
महाजलयात्रामा सहभागीहरुले उत्तरबाहिनी स्थित बागमती नदीमा पौडी समेत खेलेका थिए ।
प्रतियोगितामा प्रथम हुने ओख्रेनी माबी सुन्दरीजलको टिमलाई ५० वर्षभन्दा पुरानो चाँपको काठबाट बनेको प्याडल प्रदान गरिएको छ ।
तस्वीरहरु-

Facebook Comment
Comment