साफ यू–२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्दै

नेपालभ्युज

साफ यू–२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज भारत र माल्दिभ्सबीच हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा हुनेछ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।

माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ।

पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको भारतीय युवा टोलीले माल्दिभ्सलाई पनि पराजित गर्दै अपराजित रहेर सेमिफाइनल खेल्ने आत्मविश्वासका लागि मैदानमा उत्रनेछ ।

उता पहिलो खेलमा भुटानसँग २–१ ले नै पराजित भएको माल्दिभ्स आजको खेलमा भारतीय युवा टोलीमाथि फराकिलो जितको आशामा मैदान उत्रदैछ।

समूह बीको विजेता टोलीले समूह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। समूह उपविजेता हुने टोलीले भने समूह बी को विजेता टोली नेपालसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved