केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी प्रदर्शनमा

नेपालभ्युज

केपी ओली र माधव नेपाल अभिनित चलचित्र ‘नमेटिने घाउ’ र सतीदेवी प्रदर्शनमा

काठमाडौं । आजदेखि दुई चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ को सार्वजनिक प्रदर्शन सुरू भएको छ । दुवै चलचित्र फरक विधामा तयार पारिएको भए पनि दुवैले महिला सशक्तीकरणको विषयलाई केन्द्रमा राखेको छ ।

छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन् । लैङ्गिक विभेद, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटाको अभिनय रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अतिथि भूमिकामा अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को प्रदर्शन पनि आजदेखि सुरू भएको छ । मुस्कान खातुनसहित एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका छन् ।

चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, सुरवीर पण्डित, सुनील कटुवाल लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved