भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

नेपालभ्युज

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरुको फोन आफूलाई आइरहेको भन्दै पाँच वर्षे हदम्याद राख्ने कुरा हुनै हालतमा मान्य नहुने बताएका हुन् ।

रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए ।

उनले देशका युवाहरुले देशको चिन्ता गर्दै सांसदहरुलाई झकझकाउनु सकारात्मक भएको धारणा राखे । हदम्यादको विरोधमा सिंगो सदन एक ठाँउ उभिने उनको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved