अस्पतालको शौचालयमा नवजात शिशु भेटियो

नेपालभ्युज

अस्पतालको शौचालयमा नवजात शिशु  भेटियो

काठमाडौं  । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको हो ।

शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको बताइएको छ । अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको विवरण संकलन गरेर यसबारे अनुसन्धान गरिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved