क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने

नेपालभ्युज

क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने

काठमाडौं । पूर्वभारतीय क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने भएको छ ।

सन् २०११ मा क्यान्सरजस्तो गम्भीर बिमारीसँग लड्दै टीम इन्डियालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएका सिंहको बायोपिक बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बायोपिकमा सिंहको भूमिकाका लागि दुई अभिनेता दावेदार छन् । रणवीर सिंह र विक्की कौशल ।

यता, आफ्नो बायोपिक बन्ने भएपछि सिंहले खुसी व्यक्त गरेका छन् । ‘म निकै सम्मानित महसुस गरिरहेको छु । मेरो कहानी संसारभर लाखौं प्रशंसकलाई देखाइनेछ । क्रिकेट मेरो लागि सबैभन्दा प्यारो र उतारचढावको क्रममा शक्तिको स्रोत हो । मलाई आशा छ यस फिल्मबाट अरूलाई चुनौति र जोसका साथ आफ्नो सपना पुरा गर्न प्रेरित गर्नेछ ।’ उनले भने ।

निर्देशक र कलाकारको बारेमा अहिलेसम्म टुंगो लागि नसकेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved