हुम्ला जीप दुर्घटना : घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो

नेपालभ्युज

हुम्ला जीप दुर्घटना : घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो

सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याइएको छ ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो ।

चङ्खेली–२ का ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, छायानाथ रारा नगरपालिकाका रमेश मल्ल र ४० वर्षीय पृथ्वी रावललाई सिम्रिक एयरको हेलिकोप्टरबाट थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

चालकसहित सात जना सवार जीपमा पाँचजना सख्त घाइते र दुईको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

गौरीसल्लामा दुर्घटना भएको जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved