काठमाडौं । नबिल बैंकले महिलाको जीवनशैलीसँग मेल खाने गरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।
मानिसको जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाका लागि विशेष योजनासहित ‘नबिल प्रिमियम नारी बचत खाता’ सुरु गरेको बैंकले उल्लेख गरेको छ ।
बैंकको ४० वार्षिकोत्सवका अवसरमा सुरु गरेको यस खाता खोल्नका लागि न्यूनतम बचत ५ हजार रुपैयाँ मात्र भए पुग्नेछ । त्यसै गरी, यो खाता खोल्दा बैंक स्टेटमेन्ट, चेक बुक इन्स्योरेन्स, ब्यालेन्स सर्टिफिकेट निःशुल्क उपलब्ध हुनेछ भने भिजा डेबिट कार्ड निःशुल्क प्राप्त हुनेछ ।
त्यसै गरी, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङ सुविधामा छुट दिएको छ भने लकर शुल्कमा २५ प्रतिशत र स्विफ्ट ट्रान्सफरमा ५० प्रतिशत छुट दिने बैंकले उल्लेख गरेको छ । ‘नबिल प्रिमियम नारी बचत खाता’ मा आकर्षक ब्याजदर उपलब्ध हुने बैंकले जनाएको छ ।
Facebook Comment
Comment